काठमाडौँ, १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सफल शल्यक्रियाको शुभकामना दिएका छन् ।
दोस्रोपल्ट मिर्गौलाको शल्यक्रियाका लागि अस्पताल भर्ना हुँदै गरेका ओलीको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्य लाभको कामना गर्दे मोदीले सोमवार एक ट्विट गरेका छन् । उनले लेखेका छन् ‘मेरा प्रिय साथी केपी शर्मा ओलीजी, तपाईँको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’मोदीले नेपाल–भारतबीचचको सम्बन्धलाई थप उचाइमा पुर्याउन ओलीको योगदानको प्रतीक्षामा आफू रहेको पनि मोदीले बताएका छन् ।
प्रधानमन्त्री ओली आज त्रिवि शिक्षण अस्पताल महाराजगन्ज भर्ना हुँदै छन् । उनलाई नातिनीले मिर्गौला दिंदैछिन् ।