पत्रकार पौडेलको उपचारमा शिक्षा सन्देशको आर्थिक सहयोग


बेलबारी, मोरङ/ व्लडक्यान्सरबाट पीडित मोरङका पत्रकार कमल पौडेलको उपचारकालागि बेलबारी -२, मा रहेको शिक्षा सन्देश ई स्कुलले रु १० हजार ८ सय रुपैयाँ जम्मा उपलब्ध गराएको छ ।

विद्यालयका शिक्षक तथा कर्मचारीहरूले सङ्कलन गरेको रकम आज “कमल पौडेल उपचार सहयोग समिति उत्तरी मोरङ” लाई हस्तान्तरण गरेको हो ।

पत्रकार पौडेलको उपचारमा सहयोग जुटाउने अभिप्रायका साथ बिहीबार मात्र बेलबारी, सुन्दरहरैंचा र केराबारीका पत्रकारहरूको बेलबारीमा बसेको भेलाले पत्रकार केशु विरहीको संयोजकत्वमा “पत्रकार कमल पौडेल सहयोग समिति”को गठन गरिएको थियो ।

एउटालाई दुख्दा अर्कालाई पनि पीडा हुने नेपाली संस्कृति रहेकोले आफूहरू पत्रकार पौडेलको उपचारमा सहयोग जुटाउन लागिरहेको, सहयोग सङ्कलन जारी रहेको, आइतबार सम्ममा जम्मा भएको रकम उपचार काेशमा जम्मा गर्ने कार्यक्रम रहेको समितिका संयोजक केशु विरहीले जानकारी दिएका छन् ।

पौडेल नेपाल समाचार पत्र दैनिक हुँदै मकालु टेलिभिजनमा समाचार प्रमुखककाे रूपमा कार्यरत भएकै बेलामा व्लडक्यान्सरबाट ग्रसित भएर हाल काठमाडाैमा रहेको निजामती अस्पतालमा भर्ना भएका छन् ।

प्रतिक्रिया दिनुहोस्