पथरी शनिश्चरेको पञ्चायत माविमा विज्ञान प्रदर्शनी


गोपाल काफ्ले पथरी-

मोरङ, १५ फागुन / मोरङको पथरी शनिश्चरे १ मा रहेको नमुना विद्यालय पञ्चायत मा. वि.मा आगामी फागुन २१ देखि २३ गते सम्म ३ दिने बृहत् विज्ञान प्रदर्शनी गर्ने भएको छ । विद्यालयले आफ्नो ४० औ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा विविध कार्यक्रमका साथ विज्ञान प्रदर्शनीको तयारी पुरा भएको पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

२०३६ सालमा स्थापना भएको विद्यालय प्रदेश नम्बर १ कै सामुदायिक विद्यालयमा विज्ञान संकायमा उत्कृष्ट हुँदै नमुना विद्यालयको रूपमा आफूलाई उभ्याउन सफल भएको छ । पूर्वी नेपालको कुना कन्दराबाट विज्ञान संकायमा पढ्न आउनेको सङ्ख्या ५०० भन्दा बढी रहेको विद्यालयका प्रधानाध्यापक अर्जुन कुमार बुढाथोकीले आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिए । बुढाथोकीले ३ दिने बृहत् विज्ञान प्रदर्शनीमा १ नम्बर प्रदेशका सबै विद्यालयहरूको सहभागिता रहेन र विद्यालयका पूर्व बिध्यार्थीहरुलाई सहभागिता जनाउन समेत अनुरोध गर्नु भएको छ ।

३ दिने बृहत् विज्ञान प्रदर्शनी र वार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन प्रदेश नं. १ का सामाजिक विकास मन्त्री माननीय जीवन घिमिरेबाट हुने भएको छ । कार्यक्रममा विद्यालय का वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत, आगामी वर्षको कार्यक्रम प्रस्तुत, निःशुल्क स्वास्थ्य परीक्षण, शिक्षक सम्मान तथा बिदाइ, पूर्व विद्यार्थी सम्मान, पुरस्कार वितरण, अक्षयकोष दाताबाट स्कुल ब्याग, पोसाक र स्टेशनरी वितरण, विविध सांस्कृतिक कार्यक्रम र विज्ञान प्रदर्शनी हुने भएको छ ।

विज्ञान प्रदर्शनी अन्तर गत ४६ वटा स्टल मध्ये ३६ ओटा विद्यालयका विद्यार्थीले घरायसी सामानको प्रयोगबाट बनाएका रोबट, काटुनको उड्ने प्लेन, ड्रोन, अटो स्ट्रिभ लाइट, स्मार्ट डस्टविन, स्मार्ट फोन कन्टा«ेल रोबट, स्मार्ट चेयर, लन्डन ब्रिज, वोटानिकल गार्डेन, ग्रिन हाउसको अवलोकन गर्न पाउने तथा सिभिल इन्जीनियरीङका विद्यार्थीले तयार पारेको वडा नम्बर १ को मोडल र पञ्चायत माविको मोडलको प्रदर्शनी गरिने विज्ञान संकाय प्रमुख बुद्धिनाथ अधिकारीले बताए ।

विद्यालयले उक्त विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरूलाई समेटेर “पूर्व विद्यार्थी समाज” गठन गरेको छ । भीम कुमार राईको अध्यक्षमा ११ सदस्य समिति गठन भएको छ । समाजको सचिवमा सन्तोष ढुङगेल, कोषाध्यक्षमा दिनेश पौडेल र सदस्यहरूमा गोपाल काफ्ले, नैना राई, सञ्जीव गिरी, सरदचन्द्र दाहाल, विरेन साम्बा, भिस्म न्यौपाने, लीला निरौला र देवमाया कठायत (थापा) रहेका छन् । समाजको प्रमुख सल्लाकारमा शैक्षिक अभियन्ता प्रदीप कुमार राई रहेका छन् । सो समितिले प्रत्येक बडा दशैको अवसमा सबै पूर्व विद्यार्थीहरूलाई समेटेर बिधलय र पूर्व विद्यार्थी बिचको सम्बन्धलाई पुर्नमिलन गर्दै अगाडी बढ्ने अध्यक्ष भीम राईले बताए ।

प्रतिक्रिया दिनुहोस्