सहकर्मी उपचारमा उत्तरीमाेरङका पत्रकारहरू एकजुट हुँदै


बेलबारी, मोरङ /  व्लडपक्यान्सरबाट पीडित पत्रकार कमल पौडेलको उपचारमा सहयोग जुटाउन उत्तरी मोरङका पत्रकारहरू एकजुट भएका छन् ।

नेपाल समाचार पत्र दैनिक हुँदै हाल मकालु टेलिभिजनमा समाचार प्रमुखककाे रूपमा कार्यरत पत्रकार पौडेल व्लडक्यान्सरबाट ग्रसित भएर हाल काठमाडाैमा रहेको निजामती अस्पतालमा भर्ना भएका छन् ।

बेलबारी, सुन्दरहरैंचा र केराबारीका पत्रकारहरूको बेलबारीमा बसेको भेलाले आज पत्रकार केशु विरहीको संयोजकत्वमा
पत्रकार पौडेलको उपचारमा आर्थिक समितिको गठन गरेको छ ।

समितिका अन्य सदस्यहरूमा खेमचन्द्र अधिकारी, अम्बिका भण्डारी, किशन शाही, राज पोखरेल, विवेक मिश्र, प्रशान्त निरौला रहेका छन् ।
व्यक्तिगत रूपमा आफूहरूले आ आफ्नो तर्फबाट आर्थिक सहयोग गरिसकेको भए पनि पूर्वोत्तर मोरङमा कार्यरत पत्रकारहरूको नाताले सहयोग जुटाउन लागिरहेको कमल पौडेल आर्थिक सङ्कलन समितिका संयोजक विरहीले जानकारी दिएका छन् ।

यद्यपि पत्रकार पौडेलको उपचारमा पत्रकार महासङ्घ १ प्रदेश र मोरङ शाखाले समेत उपचारमा सहयोग जुटाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्