लालिगुरास सहकारीद्वारा १३ विद्यालयका बिद्यार्थीलाई झोला वितरण


बेलबारी / लालिगुरास बचत तथा ऋण सहकारी संस्था बेलबारीले १३ सामुदायिक विद्यालयका बिद्यार्थीहरुलाई झोला वितरण गरेको छ । बेलबारी का ११ र सुन्दरहरैचाको महेन्द्र माध्यमिक तथा केराबारीका बुद्ध माध्यमिक विद्यालयका बिद्यार्थीहरुलाई झोला वितरगरीएको हो ।

बेलबारी, सुन्दरहरैचा र केरवारीका १३ बिद्यालमा बाल कक्षामा अध्ययन गर्ने १ सय ७८ जना विद्यार्थीलाई झोला वितरण गरेको सहकारी संस्थाका अध्यक्ष दुर्गा प्रसाद गौतमले बताएका छन् ।

सहकारी २५ वर्ष (रजतजयन्ती)को उपलक्ष्यमा विद्यार्थीहरुलाई सहयोग गरिएको अध्यक्ष गौतमले बताए । सामुदायिक विद्यालय प्रति विद्यार्थी तथा अभिभावकको आकर्षण बढाउने उद्देश्यका साथ झोला वितरण गरिएको लालि गुराँस सहकारीले जनाएको छ । विभिन्न कार्यक्रम गरेर रजत महोत्सव सहकारीले मनाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्