मामाघरमा नेशनल लाइफ


इटहरी । निजी क्षेत्रको पहिलो जीवन बिमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ३३ औँ वार्षिकोत्सवको अवसरमा इटहरी स्थित माया घर नेपालका ४६ जना वृद्धवृद्धाहरुलाई खाना खुवाएको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले देशभर विभिन्न कार्यक्रम गरिरहेका बेला असहाय तथा मानसिक अवस्था कमजोर भएका सडकमा बेवारिसे अवस्थामा रहेका बालबालिका सहित माया घरमा रहेका ४६ जनालाई उनीहरूको रुची अनुसार भोजन गराएको कम्पनीका प्रदेश नं.१ का प्रमुख नरेन्द्र राईले बताए ।

इटहरी २ हवाई चोकमा रहेको मामाघरमा रहेका विभिन्न क्षेत्रबाट आएका जेष्ठनागरीक बालबालिका तथा मानसिक सन्तुलन गुमाएकाहरूलाई दैनिक खाना तथा भोजन गराउन समस्या रहिरहेको बेला कम्पनीले एक छाक खाना खुवाएर गरेको सामाजिक कार्यले ठुलो सहयोग पुगेको माया घर नेपालकी सचिव सुभद्रा प्याकुरेलले बताइन् ।

कम्पनीले पछिल्लो समय सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश १ मा शैक्षिक छात्रवृद्धि जेष्ठनागरीकहरुलाई सम्मान लगायत विभिन्न कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा इटहरी शाखा प्रमुख भोजमान श्रेष्ठ, पथरी शाखा प्रमुख रबिन्द्र लिङदम,नेपाल विज्ञापन सङ्घ प्रदेश १ का संयोजक पवन अधिकारी, पेसागत बिमा अभि कर्ता सङ्घ इटहरी शाखा प्रमुख किशन शाही, पूर्वी खबर डटकमका सम्पादक त्रिलोचन पौड्याल,पूर्वेली न्युजका प्रकाशक सुरेशचन्द्र दाहाल लगायत कम्पनीका कर्मचारी अभिकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्