सुन्दरहरैंचाकाे सिद्वेश्वर मन्दिरमा विविध कार्यक्रम


सुन्दरहरैंचा, ९ फागुन । मोरङको सुन्दरहरैंचा स्थित विराटचाेकमा अवस्थित सिद्वेश्वर महादेव मन्दिरमा महाशिव रात्रि पर्वको अवसरमा विविध धार्मिक कार्यक्रम सम्पन्न भएको छ ।

हिन्दुहरूको महान् पर्व महाशिवरात्रीकाे अवसरमा गुरु पुरोहितबाट गीता, रुदी् ,वेद पाठपारायण लगायत दर्शन गर्ने दर्शनार्थीहरु बाट दर्शन र पूजाको कार्यक्रम समेत भव्य रूपमा भएको थियो । मन्दिरमा भजन कीर्तन, आचार्य पं. ओमप्रसाद खनालको आतिथ्यमा मा शृंगार आरती साथै आचार्य पं. खनालको धार्मिक प्रवचन भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रमेश खड्काले बताए ।

शिवरात्रिको अवसरमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्र विराटचोकबाट शिवको महिमा प्रवचन गर्ने कार्यक्रम समेत भएको छ । शिव रात्रिको अवसरमा धार्मिक कार्यक्रमको रूपमा भजन समूहले भजन कीर्तन गरी सके पछि हवन सहित महाशिवरात्रि सम्पन्न हुने मन्दिर व्यवस्थापन समितिका सचिव केशव अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्