सुर्खेतको भेरीगंगा नगरपालिकाका एक प्राविधिक घुससहित पक्राउ


काठमाडौँ ,९ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको भेरीगंगा नगरपालिकाका एक जना प्राविधिक दुई लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुर्खेतको भेरीगंगा नगरपालिकाका खानेपानी तथा सरसफाइ प्राविधिक चित्रबहादुर केसीलाईरहेका छन् ।

भेरीगंगा नगरपालिका-११ स्थित तल्लो बराह क्षेत्रमा निर्माण भएको झोलुङ्गे पुलको भुक्तानीका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग उक्त रकम घुसलिइसकेको अवस्थामा उनी पक्राउ परेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

केसीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्