अवैध कुखुराको चल्लासहित मिनीट्रक प्रहरीको नियन्त्रणमा


लहान, ९ फागुन । प्रहरीको गस्ती टोलीले गए राति गोलबजार नगरपालिका ४ बाट अवैध कुखुराको चल्लासहित मिनीट्रक नियन्त्रणमा लिएको छ । करिब रु.१ लाख ४१ हजार १२० मूल्य बराबरको करिब दुई हजार अवैध चल्लासहितको ट्रक नियन्त्रणमा लिएको हो ।

बा २ च ३५४१ नम्बरको मिनी ट्रकबाट चल्ला ल्याइरहेको गोप्य सूचनाको आधारमा सो ट्रकलाई नियन्त्रणमा लिइएको र आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्