काठमाडौं, ८ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिएका हुन् ।
बास्कोटाले राजीनामा दिएको सभामुख अग्नि सापकोटाले संसदमा जानकारी दिएका हुन् । कांग्रेसले संसद अवरुद्ध गरेपछि सभामुखले बास्कोटाले सञ्चारमन्त्रीले राजीनामा राजीनामा दिइसकेको सदनलाई जानकारी दिए।
उनले भने, ‘औपचारिक पत्र त आउने नै छ । मलाई अनौपचारिक रुपमा जानकारी भएअनुसार सम्बन्धित मन्त्रीले राजीनामा दिइसक्नु भएको छ । र, सरकारको ध्यानाकर्षण पनि भइसकेको छ ।’
सार्वजनिक भएको अडियो टेपमा मन्त्री बाँस्कोटाले प्रस्तावित सेक्युरिटी प्रेस स्थापना गर्ने सम्झौता २० देखि २७ अर्बमा सक्न एजेन्ट शर्मालाई भनेको सुनिन्छ।
अडियोमा भएकाे कुरा कुराकानी
के हो सेक्युरिटी प्रिन्टिङ प्रेस ?
बैंक नोट, पासपोर्ट, स्मार्ट कार्डलगायतका कुरा नेपालमै छाप्नका लागि ल्याउन लागिएको सेक्युरिटी प्रिन्टिङ प्रेस । वर्तमान सरकारले १० भदौ २०७६ मा ५० यसका लागि अन्तराष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । २० कात्तिक २०७६ मा जीटुजी मोडेलमा सुरक्षण मुद्रणसम्बन्धी उपकरण खरिद गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गरिएको थियो ।
२१ कात्तिक २०७६ मा सुरक्षा उपकरणका लागि खुलाइएको बोलपत्र आह्वान गरिएको थियो । २७ कात्तिक २०७६ मा मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रलाई यसबारेमा जानकारी मागेको थियो ।
५ मंसिर २०७६ मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सुरक्षण मुद्रणसम्बन्धी प्राप्त प्रस्ताव अध्ययन गरेर उपयुक्त प्रस्ताव पेश गर्न सुरक्षण मुद्रण केन्द्रलाई निर्देशन दिएको थियो । केन्द्रले प्राप्त प्रस्ताव अध्ययन गरेर सिफारिस सहित प्रस्तावलाई ६ पुसमा मन्त्रालयमा पेश गरेको थियो ।