काठमाडौँ, ६ फागुन । महालक्ष्मी नगरपालिका–९ लामाटारमा दक्षिण एसियामै पहिलो आइएसओ २४५२१ मान्यता प्राप्त मानव मलमुत्र फोहर प्रशोधन र व्यवस्थापन केन्द्र बनाउने भएको छ । नगरपालिका र काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको संयुक्त पहल र लगानीमा उक्त केन्द्र निर्माण हुन लागेको हो ।
केन्द्र निर्माणका लागि रु चार करोड १७ लाख रकम लाग्ने अनुमान गरिएको वातावरणविज्ञ राजेन्द्र श्रेष्ठले बताएका छन् । उनले भने, ‘यसमा रु साढे तीन करोड बोर्डको लगानी हुनेछ भने रु ५५ लाख नगरपालिकाले व्यहोर्नुपर्ने छ ।’ केन्द्र सञ्चालन गर्न थ्री फेजको बिजुली आवश्यक रहने हुँदा यसको व्यवस्था नगरपालिका स्वयंले नै गर्नुपर्ने श्रेष्ठले बताएका छन् ।
केन्द्रमा दैनिक तीन ट्रक दिशाजन्य लेदो व्यवस्थापन गर्न मिल्ने गरी निर्माण गर्न लागिएको वातावरण शाखा प्रमुख लवकुमार गुप्ताले जानकारी दिएका छन् । उनले भने, ‘नगरपालिकामा प्रत्येक वर्ष १० प्रतिशत जनसङ्ख्या बढ्दै गएको आधार मानी सन् २०२१ देखि सन् २०२५ सम्मलाई हुने गरी यस परियोजना अघि बढाउन लागेको बताएका छन् ।