बारामा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु


कलैया, ६ फागुन । बारामा तीन जनाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।

लङ्गडा चोकबाट कुडवातर्फ जाँदै गरेको लु २१ प ६९६३ नम्बरको मोटरसाइकलमा सवार पतरौता नगरपालिका–९ कलावंजरका ३५ वर्षीय मञ्जय ठाकुरको मोटरसाइकल दुर्घटनामा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गौतम मिश्रले बताएका छन् ।

उनले लङ्गडा चोकबाट बाजोपटीतर्फ जाँदै गरेको ना २३ प २७४६ नम्बरको मोटरसाइकल डोरा खोलामा दुर्घटना हुँदा पतरौता नगरपालिका–८ बस्ने २२ वर्षीय मोटरसाइकल चालक विजय यादव र सोही वडाका ५५ वर्षीय रामेश्वर यादवको समेत घटनास्थलमा सोमबार मृत्यु भएको छ । मृतक तीनै जनाको शव जिल्ला अस्पताल कलैयामा राखिएको र परीक्षणपछि आफन्तजनलाई बुझाउने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्