चीनमा कोरोना भाइरसले १७ सय ७० जनाको मृत्यु


काठमाडौँ, ५ फागुन । चीनमा कोरोना भाइरस सङ्क्रमणका कारण सोमबारसम्म १७ सय ७० जनाको मृत्यु हुनुको साथै सङ्क्रमितको सङ्ख्या ७० हजार ५ सय ४८ पुगेको छ ।

सोमवार मात्र १ सय ५ जनाको मृत्यु भएको छ भने २ हजार ४८ जनामा सङ्क्रमण देखिएको छ । कोरोना भाइरसको संक्रमणविरुद्ध चिनियाँ कम्युनिस्ट पार्टीका हुबेई प्रमुख यिङ योङले कडा कदम चालेका छन् । पार्टीको प्रान्तीय प्रमुख भएपछि उनले पहिलो कदमस्वरुप कर्मचारीको धेरै तत्कालै काम गर्न सक्ने संयन्त्र निर्माण गरेका छन् ।

उनले भनेका छन् रोग नियन्त्रणका लागि चिकित्सकीय सेवा र स्वास्थ्य शिक्षा तुरुन्तै पुर्‍याउनुपर्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्