बेलबारीमा कृषकको च्याउ खेतीमा आकर्षण बढ्दै


बेलबारी / कृषकहरूमा च्याउ प्रतिको आकर्षण बढ्दै जान थालेको छ । बेलबारी नगरपालिकाले च्याउको बिउ सहित तालिम दिएपछि धेरैले व्यावसायिक रुपमानै च्याउ खेतिगर्न थालेका छन् ।

नगरपालिकाले तालिम सहित ३सय पोका च्याउको बिउ दिएपछि खेती गर्न थालिएको बेलबारी ४ कि कविता नेपालले बताइन् । थोरै जग्गा र लगानीमा राम्रो आमदानि गर्न सकिँदो उनले भनिन मेहनत पनि धेरै गर्नु नपर्ने । अन्य खेतीजस्तो धेरै दुःख गर्नु नपर्ने भएपछि यसको आकर्षण समेत बढ्दै जना थालेको हो ।

यस्तै बेलबारी २का कृषक मेनेम्बो लिम्बुले समेत पहिलो पटक नगरपालिकाले दिएको तालिम लिएर च्याउ खेती सुरु गरेका छन् । १सय पोका च्याउको बिउ लगेर अहिले घर छेउमै कटेरो बनाएर उनले च्याउको खेती गरेका हुन । २ लाख मूल्य बराबरको करिब डेढ सय परिवारलाई तालिम सहित बिउ वितरण गरेको नगरपालिकाका कृषि शाखाका प्रमुख विनोद दाहालले बताए । दाहालका अनुसार सुत्ने कोठामा समेत अहिले कृषकहरूले च्याउका पोका झुन्ड्याएका छन् ।

कृषकहरूलाई आत्मनिर्भर बनाउनका लागि बिउ विजन तथा आधुनिक खेतीका लागि औजारहरू वितरण गर्ने गरेको मेयर ज्ञानेन्द्र सुबेदीले बताए । सुबेदीले व्यावसायिक खेती गर्नेलाई नगरपालिकाले प्रोत्साहन गर्ने समेत बताए । तालिम बिउ बिजन तथा सिँचाइका लागि समेत नगरपालिकाले सहयोग गर्ने उनले बताए ।
पहिलो पटक उत्पादन गरेको च्याउ देखाउँदै कविता नेपाल तसविर उत्तम पोख्रेल

प्रतिक्रिया दिनुहोस्