ओली नेतृत्व सरकारको दोस्रो वर्षको समीक्षामा मार्क समेत दिन नसकिने काँग्रेसको टिप्पणी


काठमाडौँ, ४ फागुन । प्रमुख विपक्षी नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको दोस्रो वर्षको समीक्षा गर्दै पास मार्क समेत दिन नसकिने टिप्पणी गरेको छ ।

प्रधानमन्त्री ओलीले भने शनिवार सांसदलाई सम्बोधन गर्दै सरकारले असाधारण काम गरेको दाबी गरेका थिए त्यसको भोलिपल्ट (आइतबार) पत्रकार सम्मेलन गरी काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सहज समयको सदुपयोग गर्दै परिणाममुखी काम गर्न सरकार असफल भएको बताएका छन् ।

काँग्रेसले आइतबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै पाँच वर्षका लागि म्यान्डेट प्राप्त सरकारको सफलता–असफलता र सम्भावनाको विश्लेषण गर्न बितेको ४० प्रतिशत समयावधि पर्याप्त भएको भन्दै यो अवधिमा सरकारका सामु जनअपेक्षा अनुरूप काम गर्न मूलतः ३ अनुकूल परिस्थिति रहेपनि सो अनुसार काम गर्न नसकेको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्