बेलवारी आइडल २ को फाइनलमा १० जना प्रतियोगी छनोट (सूचिसहित)


बेलबारी, २५ माघ / सुर सप्तक बेलवारी आइडल २ को फाइनलमा १० जना प्रतियोगी छनोट भएका छन् । सेमिफाइनलमा प्रवेश गरेका २१ जना प्रतियोगी मध्यबाट १० प्रतियोगी फाइनलमा प्रवेश गरेका हुन ।

शनिवार भएको सेमिफाइनलबाट बेलबारी १ का शर्मिला दाहाल, मुस्कान सुनुवार, बेलबारी ३ नवीन कोइराला, बेलबारी ४ का डम्बर सुन्दास, बेलबारी ६ का रालोन राई, सुनिल चौधरी, बेलबारी ११ का रितेश तिम्सिना, रविसन खत्री, बिनुका बास्तोला र बेलबारी ७ का सुवास राई फाइनलमा प्रवेश गर्न सफल भएका छन् । वैकल्पिकमा ३ जना छनोट भएका छन् । बेलबारी वाड नं. ९ का विवश खड्का, वाड नं. ११ का शाहिल घिमिरे र प्रभा खतिवडा वैकल्पिकमा छनोट भएका हुन ।

आयोजकका अनुसार फाइनलमा छनोट हुने कोही सहभागीले प्रतियोगितामा सामेल हुन नसकेको अवस्थामा सहभागीलाई वैकल्पिकमा परेका प्रतियोगीलाई प्रवेश गराइने छ । सेमिफाइनलमा निर्णायकहरू संगीतकर्मी भीम बस्नेत, साजन राई र यमुना पराजुली रहेका थिए ।

फाइनलमा प्रवेश गर्ने प्रतियोगीहरूले १ महिनाको पूर्ण प्रशिक्षण प्रदान गरिने स्रष्टा समाज बेलबारी मोरङ सचिव जे.वि थुलुङले जनाएका छन् । फाइनल भने चैत १ गते हुने छ ।

बेलबारी आइडल विजेताले नगद पुरस्कार रु.३० हजार, रु.३० हजार बराबरको गीत र भिडियो निर्माण, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । सह विजेताले नगद पुरस्कार रु.१५ हजार, ट्रफी , प्रमाणपत्र र उप विजेताले रु.१० हजार, ट्रफी , प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्