तीन गोही मरेको अवस्थामा भेटियो


चितवन, ४ फागुन । नदीमा गत वर्ष छाडिएका तीन गोही मरेको अवस्थामा भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बगेका राप्ती र नारायणी नदी र भङ्गालाहरुमा गरिएको अनुगमनका क्रममा सात गोही जालमा बेरिएको अवस्थामा समेत फेला परेका छन् ।

निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार नारायणीको गोलाघाट क्षेत्रमा दुईवटा र राप्तीको बाराही होटेल नजिकै एउटा गोही मृत अवस्थामा भेटिएको हो । ती गोही मर्नुका कारण पत्ता लगाउन पोस्टमार्टम गर्न अङ्ग पठाइएको छ । उनले भने, ‘मर्नुको कारण यहाँ पत्ता नलागे विदेशी विज्ञहरूसँग समेत परामर्श गर्ने तयारीमा रहेको बताएका छन् ।

ती तीनै वटा गोही गत साल नदीमा छाडिएका थियो ।

प्रतिक्रिया दिनुहोस्