सुन्दरहरैचामा श्रीमद् भागवत ज्ञान महायज्ञ धान्याचल पर्व तथा सांस्कृतिक महोत्सव हुने


सुन्दरहरैचा, ३ माघ / मोरङको सुन्दरहरैचामा श्रीमद् भागवत ज्ञान महायज्ञ धान्याचल पर्व तथा सांस्कृतिक महोत्सव हुने भएको छ । राधाकृष्ण बहुउद्देश्यीय परोपकार संस्थाले शनिवार पत्रकार सम्मेलन गरेर सो जानकारी गराएको हो ।

आयोजकका अनुसार कार्यक्रम फागुन २१ गते देखी २८ गते सम्म हुने छ । कलाशयात्रा एवम् महायज्ञको समुद्घाटन फागुन २१ गते गर्ने र २२ देखी २८ सम्म बिहान नृत्य पूजा, हवन, तर्पण, धान्याचलपूजन, रुद्री, गीता पाठ, प्रवचन, भजनकृतन हुने आयोजकले जनाएको छ ।

धार्मिक, सांस्कृतिक, सामाजिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गर्न लागेको संस्थाका अध्यक्ष गणेशप्रसाद फुयलले जनाएका छन् । कार्यक्रमबाट संकलित रकमले सुन्दरहरैचामा अवस्थित श्री राधाकृष्ण मन्दिरको निर्माणलाई निरन्तरता दिने, राधाकृष्ण बहुउद्देश्यीय परोपकार संस्था को भवन निर्माण गर्ने तथा अक्षयकोष स्थापना गर्ने उद्देश्य रहेको फुयलले बताएका छन् ।

मन्दिरमा संस्कार पाठशालालाई पनि सञ्चालन गरिरहेको सचिव माधवप्रसाद दाहालले जनकारी दिए । सो पाठशालालाई सङ्कलन रकमबाट निरन्तरता गराउने फुयलले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्