सुन्दरहरैचामा गणेश रसिकको आवाजको जादु : १८ औँ पलेटी साँझ


बेलबारी, ३ माघ / नझरेका फूलहरूको १८ औँ पलेटी साँझ सम्पन्न भएको छ । शुक्रवार सुन्दरहरैचामा गणेश रसिकको प्रमुख प्रस्तुतिमा सो कार्यक्रम सम्पन्न भएको हो ।

उनले पलेटी साँझमा १ घण्टा भन्दा लामो समय आफ्नो गीतहरू प्रस्तुत गरेका थिए । रसिक गायक मात्र नभएर नेपाली साहित्यका परिचित अग्रज कथाकार र कवि पनि हुन । “सुन नेपाली” बोलको गीतबाट सुरु गरेर “मलाई प्यारो लाग्छ” देशभक्ति गीतसहित प्रस्तुति सम्पन्न गरेका थिए ।

कार्यक्रममा अजर जंगमको साथै स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहेको थियो । १८ औँ पलेटी साँझ अवसरमा गणेश रसिक, भीम बस्नेत, अजर जंगम र गणेश लामा सम्मानित भएका छन् ।

रेडियो सुसेलीबाट प्रसारण हुने कार्यक्रम नझरेका फूलहरूका प्रस्तोता के.पी घिमिरेको अध्यक्षतामा १८ औँ पलेटी साँझ सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्