जिल्ला अदालत मोरङको अनुगमनमा बेलबारी न्यायिक समिति जिल्लाकै उत्कृष्ट


बेलबारी, २ माघ / मोरङको बेलबारी नगरपालिकाको न्यायिक समिति जिल्लाकै उत्कृष्ट भएको छ । शुक्रवार जिल्ला अदालत मोरङका न्यायाधीश कृष्णमुरारी सिवाकोटी नेतृत्वको टोलीले बेलबारी न्यायिक समितिले गरेका कामहरूको अनुगमन गर्दै मोरङका १७ स्थानियतह मध्ये बेलबारी उत्कृष्ट रहेको बताएका छन् ।

न्यायिक समितिमा परेका उजुरी तथा निवेदनहरू मेलमिलापको माध्यमबाट मिलाउने गरेको भेटियो सिवाकोटीले भने कामको चाप समेत अन्यत्र भन्दा बढी देखियो । न्यायिक समितिमा निवेदन दर्ता भएको केही समयमानै मिलाउने गरेको देखियो । बेलबारी नगरपालिकाको न्यायिक समितिमा जिल्लाका १७ स्थानीय तहमध्ये सबैभन्दा बढी उजुरी दर्ता भएको नगरपालिकाका रूपमा परिचित भएको समेत उनले बताए । दर्तामात्र होइन सबैभन्दा धेरै मुद्दाहरूलाई मेलमिलाप गराएर अदालत जान नपर्ने अवस्था सृजना गरिदिने सफल न्यायिक समितिको परिचय पनि बेलवारी नगरपालिकाले बनाएको समेत उनले बताए ।

‘आर्थिक क्षमता नभएका र अदालतसम्म पहुँच राख्न नसक्नेहरू न्यायकालागि यहाँ आउने गरेका छन् जिल्ला अदालतबाट आएको टोली सँग कुराकानी गर्दै नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुली भनिन त्यस्ता नागरिकको मुद्दामा हामीले अत्यधिक मिहिनेत गरेर यहीबाट समाधानको पहल गर्ने गरेका छौँ र हामीलाई सफलता पनि मिलेको छ । सम्बन्ध विच्छेदका लागि जिल्ला अदालतमा जाने मुद्दा समेत दुई पक्ष बिच छलफल गराएर मिलाउने गरेको समेत पाइएको अनुगमन टोलीले जनाएको छ ।

पहिले प्रहरी चौकीमा जाने घरेलु हिंसा, महिलाका कतिपय यौनजन्य हिंसाका घटना तथा साँधसिमाना, बाँधपैनी आदि जस्ता झगडाहरू अहिले नगरपालिकामा आउने गरेकाले प्रहरीलाई समेत सहयोग पुग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्