बेलबारी, २ फागुन / मोरङका ६ वटा पालिकाले फोहोरबाट मोहर बनाउन जुटेका छन् । शुक्रवार वैकल्पिक ऊर्जा केन्द्र काठमान्डौमा सम्भाव्यता अध्ययनका लागि सम्झौता समेत गरेका छन् ।
बेलबारी, सुन्दरहरैचा, लेटाङ, पथरीशनिश्चरे नगरपालिका, केराबारी र कानेपोखरी गाउँपालिकाले संयुक्तरुपमा फोहोरबाट मोहर बनाउनका लागि अन्तरपालिका समन्वय समितिका संयोजक तथा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुबेदीले हस्ताक्षर गरेका हुन् ।
दैनिक सङ्कलन हुने फोहोरमा मिसिएर आउने फलाम, काँच, कपडा, टुटेफुटेका विद्युतीय सामग्री, प्लास्टिकका बोतल,कार्टुन छानेर बिक्री गरी बाँकी रहेको फोहोरले ‘ल्याण्डफिल’साइडमा जम्मा गरेर मल बनाउने गरी अगाडि बढेका छौ सुबेदीले भने वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले सम्भाव्यता अध्ययन गरेर प्रतिवेदन बुझाएपछि ल्यानडफिल्ड साईड कहाँ राख्ने भनेर छलफल गरेर अगाडि बढ्छौ । उनले थपे हामी मल सँगै ऊर्जाका लागि ग्यास समेत निकाल्छौ ।
सुन्दरतामात्रै होइन, फोहोरबाट निस्कने प्रदूषित ग्यासले प्रभावित क्षेत्रका मानिस र जीवजन्तुको स्वास्थ्यमा असर पर्ने भएपछि स्थानियतहहरु पछिल्लो समय फोहोर मैलाको व्यवस्थापन सँगै आम्दानी गर्ने लक्ष्यमा समेत जुटेका छन् । फोहोर मैलासँगै मोरङका १७ वटै स्थानियतहरुले आफूलाई चाहिने कानुन तथा ऐनहरू समेत बनाइरहेका छन् । अन्तरपालिका देखिएका समस्या समाधान गर्नका लागि समेत अन्तरपालिका समन्वय समिति गठननै गरेका छन् ।