क्यान्सर पीडित रमालाई बेलवारी जेसिजको आर्थिक सहयोग


बेलवारी । सेवानै धर्म हो भन्दै बेलवारी जेसिजले बेलवारी–१ बस्ने ३३ वर्षीय क्यान्सर पीडित रमा श्रेष्ठलाई आर्थिक सहयोग प्रदान गरेको छ । बेलवारी जेसिजको रु.१६ हजार आर्थिक सहयोग हस्तान्तरण गरेका हो ।

मानवताको सेवानै जेसिजको प्रमुख बिचार रहेकोले सहयोग प्रदान गरेको जेसिजका अध्यक्ष राजेश खत्रीले बताए । खत्री अलि भावुक हुँदै पीडित श्रेष्ठलाई स्वास्थ्य लाभको कामना दिँदै बेलवारी संघसस्थाहरुले सहयोगको कदम चालेमा समन्वय गर्न तयार रहेको बताएका छन् ।

त्यस्तै जेसिज बेलवारीका कार्यकारिणी उप–अध्यक्ष ध्रुव तारा घिमिरेले पनि रु.५ हजार सहयोग प्रदान गरेका छन् । क्यान्सर पीडित रमालाई आर्थिक सहयोग हस्तान्तरण कार्यक्रमका संयोजक सन्तोष पोखरेलको नेतृत्वमा बेलवारी जेसिजले आर्थिक सहयोग जुटाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्