गुरुङ समुदायको ऐतिहासिक केन्द्रीय पार्षद १२ औँ सभा हुँदै


बेलवारी ,१ फागुन । तमु द्दयुल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्को आयोजनामा ऐतिहासिक १२ औँ सभा हुने भएको छ । ऐतिहासिक १२ औँ सभा ताप्लेजुङको फुङलिङ बजारमा सामुदायिक सभा हलमा फागुन ३ र ४ गते सम्म हुने भएको हो ।

बृहत् भेलामा तमु द्दयुल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्को अध्यक्ष रेसम गुरुङको अध्यक्षता तथा संरक्षक अध्यक्ष माया गुरुङको प्रमुख अतिथ्यिमा कार्यक्रम हुने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार कार्यक्रममा विभिन्न झाकी , नृत्य , भेषभुषा प्रदर्शनीको साथै देशभरका गुरुङ समुदायहरूको उपस्थिति रहने छ ।

भ्रमण वर्ष २०२० लाई आन्तरिक पर्यटकलाई जिल्लामा भित्र्याउने लक्ष्यसहित पाथीभरा मेराथुन तथा मेची पर्यटन महोत्सवलाई टेवा पुराउने उद्देश्यले आयोजना गरेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्