केयु एकेडेमीको १२ औँ वार्षिकोत्सव सम्पन्न


केराबारी । केराबारी १० मा सञ्चालित केयुएकेडेमीको १२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार सम्पन्न भएको छ ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विन्दा श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको सो वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयले विभिन्न कार्यक्रम गरी मनोरञ्जन प्रदान गरेको छ ।

कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले विज्ञान प्रदर्शनी समेत गरेका छन् । कार्यक्रममा साना साना बालबालिकाले बाल गीत तथा नृत्य प्रस्तुत गर्नुका साथै शिक्षकाहरुले समेत आकर्षक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयका शेयर सदस्य खड्ग लुइँटेलले पछिल्लो समय बालबालिकाहरूमा मोबाइल तथा टेलिभिजनको नसामा लिप्त हुँदै पढाई तथा अध्ययनमा ह्रास हुँदै गएको बताए ।

कार्यक्रममा मच्छिन्द्र माविका प्रअ झलक प्रसाद पौड्यालले पछिल्लो समय लागूपदार्थ तथा दुर्व्यसनका कारण तथा बालबालिकाहरू सानै देखि दुर्व्यसनको सिकार हुँदै गएकोले अविभावकहरुले विद्यालयको भर परेर मात्र वस्न नहुने औँल्याए ।

गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्कीको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा,उपाध्यक्ष शान्ति कुमारी लिम्बू भुजेल केराबारी गाउँपालिका शिक्षा शाखा प्रमुख अर्जुन घिमिरे, शिक्षक महासङ्घका संयोजक देव नेपाल, व्यापार प्रबन्ध समितिका अध्यक्ष चुरान सिंह विक, लगायत छिमेकी विद्यालयका प्रअ संघसंस्थाका प्रतिनीधिहरुको आतिथ्य रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्