केराबारी गाउँपालिकाले अपाङ्ग परिचय पत्र वितरण गर्दै


केराबारी । केराबारी गाउँपालिकाले आयोजना गरेको अपाङ्गता परिचय पत्र वितरण कार्यक्रममा परिचय पत्र लिनेको घुइँचो लागेको छ ।

आइतबार सोमबार भएको दाइदिने शिविरमा ६५ जना भन्दा बढीले सेवा लिएका छन् । अपाङ्गता भएका व्यक्तिmलाई राज्यले प्रदान गर्ने सेवा सुविधा लिन अनिवार्य परिचय पत्र आवश्यक भएकोले परिचय पत्र वितरण कार्यक्रम राखिएको महिला बाल बालिका शाखाकी प्रमुख संगिता भट्टराईले बताए ।

शिविरमा १० जनाले रातो,३४ जनाले निलो , १३ जनाले पहेलो कार्ड लिएको भट्टराईले बताइन् । पूर्ण अपाङ्गता भएका व्यक्तिmलाई दिइने रातो कार्ड पाउनेले
मासिक ३हजार निलो कार्ड पाउनेले १५ सय मासिक र यातायात छुट लोकसेवा आयोगको कोटामा ५ प्रतिशत छुट सुविधा पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्