नेशनल लाइफ इटहरीद्वारा छात्रवृत्ति प्रदान


केराबारी । नेशनल लाइफ इन्स्योेरेन्स अन्तर्गत रहेको पेसागत बिमा अभिकर्ता सङ्घ इटहरीले सोमबार एक कार्यक्रमको अवसरमा एक जनालाई छात्रवृत्ति रकम प्रदान गरेको छ ।

केयु एकेडेमी केराबारी १० मा कक्षा १ मा अध्ययनरत केराबारी १० का प्रेमप्रसाद गौतमलाई नगद ३ हजार सहित शैक्षिक सामग्री हस्तान्तरण गरेको हो । कम्पनीका प्रदेश नं.१ का प्रमुख नरेन्द्र र पेसागत बिमा अभिकर्ता संघकी उपाध्यक्ष सुशनचेली राईले संयुक्त रूपमा सो पुरस्कार प्रदान गर्नुभएको थियो ।

बाबुको मृत्यु भएको र आमा दोस्रो विवाह गरी गएका कारण वृद्ध हजुरबुबा हजुरआमाको साथमा बस्दै आएका गौतम सुस्त रहेको र निजको पारिवारिक अवस्था समेत दयनीय रहेकोले गौतमलाई छात्रवृत्ति प्रदान गरेको कम्पनीका प्रदेश प्रमुख नरेन्द्र राईले बताए ।
यसअघि पनि कम्पनीले जब्दी आधारभूत विद्यालयका एक छात्रालाई छात्रवृत्ति प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्