मोरङ । मोरङ पथरीशनिश्चरे नगर(१, स्थित एभरेस्ट आवासीय माविले सांस्कृतिक मनोरञ्जन, पुरस्कार वितरण तथा पूर्व विद्यार्थीलाई सम्मान गरेर आज ९माघ २७०आफ्नो ३४ औँ वार्षिक उत्सव मनाएको छ ।
एभरेस्ट स्कुल नगरकै जेठो र प्रदेश १ मा एसइई तथा ११(१२ कक्षामा उत्कृष्ट नतिजा ल्याउँदै आएको विध्यलय हो ।
स्कुलले वार्षिक उत्सवको अवसरमा विधार्थीहरुद्वारा र्याम्प मार्फत विभिन्न जातीय भेषभूषा र संस्कृति प्रस्तुत गरेका थिए ।
कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा अभिभावक डा। उमेश गुरागाईले पथरी आएर स्कुल छनौट गर्ने क्रममा एभरेस्ट उत्कृष्ट भएको जानकारी पाएर नानीलाई भर्ना गरेको बताए ।
कार्यक्रमको प्रमुख अतिथि नेपाल जेसीजको अध्यक्ष अशोक शंकरले छोराछोरीका लागि शिक्षामा लगानी गरे भविष्य सुरक्षित हुने बताए । एभरेस्टको अभिभावकसमेत रहेका शंकरले शिक्षकहरूलाई अन्तर्राष्ट्रिय तहको तालिम दिए अझ राम्रो हुने बताएका छन् ।
विद्यालयको निर्देशक रविन कन्दङवा सबै विद्यार्थी सँग क्षमता हुने भएकोले अभिभावकले चिन्नु पर्ने बताए । कन्दङ्वाले मानिसको दुस्खमा मात्र होस खुल्ने भएकोले त्यो महसुस गराउनु पर्ने बताए । जीवन विश्वविद्यालय भएकोले त्यहीबाट ज्ञान हासिल गर्न अभिभावकले सुस्ख भन्दा विद्यार्थीलाई यथार्थ जानकारी गराउनु पर्ने निर्देशक कन्दङ्वाले बताए ।
आफ्नो भूपु विद्यार्थी पथरी जेसीजको पूर्व अध्यक्ष व्यवसायी टिकाविक्रम चौहानलाई सम्मान गरिएको कार्यक्रम अभिभावक सङ्घका अध्यक्ष पर्सु मिश्रको सभापतित्वमा शिक्षक वेधनिधी खनालले सञ्चालन गरेका थिए ।
कार्यक्रममा हरेक कक्षाको प्रथम, दोस्रो, तेस्रो विद्यार्थीलाई मेडल, प्रमाणपत्र सहित पुरस्कार र विधार्थीहरुद्वारा लाइभ वाध्यवादनमा गीत तथा नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिएका थिए ।