किराँत राई यायोक्खा मोरङले मनाए यलेदोङ्ग ५०८०


बेलबारी । बेलबारी ३ स्थित किराँत राई यायोक्खाको धार्मिक बनमा राई समुदायले किराँतीहरूको नयाँ वर्ष यलेदोङ्ग ५०८० आइतबार मनाएका छन् । किराँत राई यायोक्खा मोरङको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम यलेदोङ्ग ५०८० मनाएका हुन ।

कार्यक्रमका प्रमुख अतिथि तथा किराँत राई यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राईले शुभकामना प्रदान गर्दै प्रदेश नं. १ को नाम पहिचान सहितको हुनु पर्ने बताएका छन् । किराँत प्रदेश नामकरण गर्दा कुनै एक जाति विशेषको नभएर सभ्यतालाई बुझाउने र सबैको मागलाई पनि सम्बोधन हुने बताएका छन् ।

कार्यक्रममा किरायका केन्द्रीय सचिव अर्जुन जम्मेली, अन्य जातीय संस्थाका प्रतिनिधि, लगायतको उपस्थिति रहेको थिए । राई समुदायको परम्परागत खान खानुको साथै साकेला नृत्यमा रमाउँदै यलेदोङ्ग ५०८० मनाएका छन् ।

किराँत राई यायोक्खा मोरङ उपअध्यक्षको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव केदार राईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्