सुकुना बहूमुखी क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न


सुन्दरहरैचा, २३ माघ / सुकुना बहूमुखी क्याम्पस, सुन्दरहरैचामा बिहीबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सुकुना बहूमुखी क्याम्पस कमिटीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल रेडक्रस सोसाइटी विराटनगरको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा १२३ प्रिन्ट रगत सङ्कलन भएको अनेरा स्ववियु सुकुनाका अध्यक्ष मिलन बस्नेतले जनाएका छन् ।

कार्यक्रममा पूर्व सांसद चन्द्र गुरुङ, क्याम्पस प्रमुख चन्द्रमणि राई, स्ववियु सभापति सन्तोष लिम्बु, उपसभापति मिलन घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्