अशोक गुरुङ –
बेलवारी ,२० माघ । बेलबारीमा तामाङ समुदायले मञ्जुश्री सम्वत् २८५६ सोनाम ल्होछार भव्यताको साथ मनाएका छन् । लासाङ्क छयोइलिङ बौद्ध गुम्बाले बेलवारी नगरपालिका–८ राधानगर स्थित लासाङ्क छयोइलिङ बौद्ध गुम्बामा जिवा ल्हो (नयाँ वर्ष) शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी ल्होछार मनाएका हुन ।
संभासद ३ न. क्षेत्र – क का प्रदेश सदस्य सुएर्माराज राईले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । सभासद् राईले कार्यक्रमलाई सम्बोधन गर्दै मञ्जुश्री सम्वत् २८५६ सोनाम ल्होछारको अवसरमा सबैलाई शुभकामना गरे ।
कार्यक्रममा तामाङ समुदायको परम्परागत परिकार खुवाएका थिए भने नेपाल मगर सङ्घले हुर्रा नृत्य प्रस्तुत गरेका थिए । साथै तामाङको सांस्कृतिक पोसाकमा नृत्यका प्रस्तुत गरेका थिए । पहिलो बेलवारी आइडल विजेता गायक बिबेश मोतेको साथमा प्रेम गुरुङ, सुमित सुनाम, ओमप्रकाश बराइलीले कार्यक्रममा गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाल तामाङ घेदुङ पूर्व केन्द्रीय अध्यक्ष महेन्द्र जङ तामाङ, बेलवारी नगरका उप–प्रमुख ढाकाकुमारी पराजुली, आदिवासी जनजाति महासङ्घ नगर समन्वय परिषद् बेलबारीका अध्यक्ष तिलक प्रसाद राई लगायतको उपस्थिति रहेका थियो ।
कार्यक्रम लासाङ्क छयोइलिङ बौद्ध गुम्बाका अध्यक्ष सन्तमान तामाङको अध्यक्षतामा सम्पन्न भएको हो ।
फोटो : आशिस गुरुङ