सुन्दरहरैंचा , १७ माघ / मोरङको सुन्दरहरैंचा ८ सलकपुरमा विगत २८ वर्षदेखि सञ्चालन हुँदै आएको ब्राइट प्यूचर मा.वि.ले यस वर्षको सरस्वती पूजा धूमधामका साथमा मनाएको छ ।
विद्यार्थीहरूलाई व्यावहारिक तथा जीवनोपयोगी शिक्षामा जोड दिँदै आएको ब्राइट फ्यूचर सुन्दरहरैँचा क्षेत्रको नमुना विद्यालयका रूपमा समेत परिचित छ । स–साना नानीहरूका लागि सुविधा सम्पन्न मन्टेसरीदेखि कक्षा १२ सम्मको पढाइ ब्राइट फ्यूचरमा हुँदै आएको छ ।
यस विद्यालयमा यो वर्षको सरस्वती पूजा विशेष महत्त्वका साथमा , शिक्षक तथा अभिभावक लगायतकाले सहभागितामा भव्य रूपमा मनाइएको छ । विभिन्न किसिमका अतिरिक्त क्रियाकलाप हरूमा समेत ध्यान दिएर यस विद्यालयले अन्तर विद्यालय तथा जिल्ला स्तरीय प्रतियोगितामा पुरस्कृत समेत हुँदै आएको छ ।
विद्यार्थीहरुकाे पढाइ तथा उज्ज्वल भविष्यका लागि ब्राइट फ्यूचरमा नियमित रूपमा कक्षा तथा परीक्षा सञ्चालन भएर अभिभावकहरूसँगको निरन्तर समन्वय र सम्पर्क रहँदै आएको छ ।
यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले विभिन्न प्रशासनिक र शैक्षिक क्षेत्रमा सफल भएर काम गर्दै डाक्टर, इन्जिनियर बनेर देश विदेशमा रोजगारी प्राप्त गरी सफलतातर्फ अघि बढेको स्थानीयहरू बताउँछन् ।
यो वर्षको वसन्त पञ्चमी तथा सरस्वती पूजाको शुभ अवसरमा विद्यालयमा ससाना नानीहरूको अक्षरारम्भकाे कार्यक्रम तथा निःशुल्क रूपमा भर्ना अभियान अघि बढाएर विधाकी देवीको पूजा ,पाठ आराधना र प्रसाद ग्रहण गरी हर्षोल्लासका साथमा भव्य रूपमा सरस्वती पूजा मनाइएको प्याब्सन प्रदेश १ का वरिष्ठ उपाध्यक्ष तथा विद्यालयका प्रिन्सिपल टीकाराम ढकालले जानकारी दिए ।