श्री सहिद स्मृति आधारभूत विद्यालयको वार्षिक उत्सव सम्पन्न


केराबारी, १६ माघ / श्री सहिद स्मृति आधारभूत विद्यालय बेलबारी न.पा १, मोरङको १३ औ वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
प्रदेश सांसद राजकुमार ओझाको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै, सामुदायिक विद्यालयको विकासको लागि प्रदेश सरकार गम्भीर रहेको बताउँदै, श्री सहिद स्मृति आधारभूत विद्यालयलाई प्रदेश सरकारको सहयोग रहने बताएका छन् । विद्यालयको मर्मतसम्हारको लागि प्रदेश सरकारसँग पहल गर्ने सांसद ओझाले जनाएका छन् । आइसिटि पनि विद्यालयलाई उपलब्ध गराउने विषयमा प्रदेश सरकारलाई पहल गर्ने सांसद ओझाले बताए ।

वार्षिक उत्सवको अवसरमा श्री सहिद स्मृति आधारभूत विद्यालयलाई सहयोग गर्ने संघसंस्थाहरुलाई सम्मान गर्नुको साथै विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरिएको छ । श्रमिक महिला समूह बेलबारी, अर्किड, भोलेन्टियर, सयपत्री मल्टी प्रोजेक्ट, थ्री पोइन्ट रिसोर्ट र विलिर्बस चर्जलाई सम्मान गरिएको छ ।

कार्यक्रममा केराबारी गाउँपालिकाका प्रमुख रोहित कार्की, बेलबारी नगरपालिका वाड नं. २ का अध्यक्ष घनश्याम गौतम, कुसुमे साइनिङ क्लबका अध्यक्ष भक्तसेर लिम्बु, सचिव अमर राई लगायतको उपस्थित रहेको थियो ।

श्री सहिद स्मृति आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्रान्ती लिम्बुले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्