बेलबारी जेसिसको ‘मेरो देश आफै बनाउँछु’ विषयमा विचार गोष्ठी


बेलबारी, मोरङ / बेलबारी जेसिसले मङ्गलवार एक कार्यक्रमबिच ‘मेरो देश आफै बनाउँछु’ विषयमा विचार गोष्ठीको आयोजना गरेर युवाहरूलाई देश प्रेमप्रति जागरूक बनाएको छ ।

उद्योग वाणिज्य सङ्घ बेलबारीको सभाहलमा सञ्चालन भएको कार्यक्रमको उद्घाटन बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीले गरेकी थिइन ।

सो कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाह, नेपाल जेसिसका पूर्व कार्यकारी उपाध्यक्ष श्यामसुन्दर मिलन, बेलबारी जेसिसका पूर्व अध्यक्ष राजन प्रसाईँ, विभिन्न सङ्घ संस्थाहरूका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रमुख अतिथि बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीले जेसिससँग सधैँ सहकार्य गरेर अगाडि बढ्न नगरपालिका तयार रहेको बताइन ।

विचार गोष्ठीको सहजीकरण नेपाल जेसिसका पूर्व कार्यकारी उपाध्यक्ष श्यामसुन्दर पौडेल ‘मिलन’, नेपाल जेसिस एरिया १ का तालिम संयोजक जेसि सेवक बजगाईँ, बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले गरेका थिए ।

युवाको एकताले मात्र देशको विकास सम्भव हुने हुनाले आफूहरूले युवालाई लक्षित गरेर यो कार्यक्रमको आयोजना गरेको कार्यक्रमका सभापति एवम् बेलबारी जेसिस वर्ष २०२० का अध्यक्ष राजेश खत्रीको बताए ।

https://youtu.be/_ipoHwxTDX0

प्रतिक्रिया दिनुहोस्