प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने दुईजना पक्राउ


विराटनगर, १४ माघ ।  मोरङको कटहरी गाउँपालिका ७ बस्ने ३५ वर्षीया दयावती सरदारले प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्रेमी कटहरी ७ का ३६ वर्षीय बद्री सरदारको साथै कटहरी ७ का ३६ वर्षीय ललन सरदार र २५ वर्षीय करिया भनिने मुकेश सरदारलाई सहयोग गरेको खुलेको छ ।

अवैध सम्बन्धमा श्रीमान् ‘बाधक’ बनेपछि प्रेमीसँग मिलेर ४५ वर्षीय विकास सरदारको हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिएका छन् ।
विकासको शव गाउँपालिका ३ मा पानी जमेको खाल्डोमा फेला परेको थियो । मृतकको टाउकोको पछाडि चोट देखिएपछि घटनाको अनुसन्धान गर्ने क्रममा प्रेमीसँग मिलेर पतिको हत्या गरेको खुलेको एसपी अधिकारीले जानकारी दिएका छन् ।

दयावती र प्रेमी बद्रीकै योजनाअनुसार गरिएको हत्यामा अन्य दुईजनाले पनि सहयोग गरेको खुलेको छ । विकासको घरमा मदिरा पसल भएकोले मदिरा सेवन गर्ने बहानामा ललन र मुकेश सरदारलाई लिएर बद्री विकासको घर पुगेको एसपी अधिकारीले बताएका छन् ।

एसपी अधिकारीका अनुसार विकास र दयावतीले ललन र मुकेशलाई किस्ता तिर्ने रकम समेत सहयोग गर्ने सर्त राखेर एक सातादेखि हत्याको योजना बनाएको अनुसन्धानबाट खुलेको छ ।

उनका अनुसार बद्री र दयावतीबीच दुई वर्षदेखि प्रेम सम्बन्ध रहेको पत्ता लागेको छ । उनीहरूबिच पटक–पटक शारीरिक सम्पर्क समेत भइसकेको अनुसन्धानबाट खुलेको अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्