नोबेल अस्पतालको उपचारले २० वर्षदेखिको रोग निको हुदा तारादेवी हर्षित


विराटनगर, ६ माघ ।  झापाको शिवसताक्षी नगरपालिका–३ पाराबारीकी तारादेवी कुँवर २० वर्ष अघिदेखि दिसाघर बाहिर निस्किने समस्याबाट पीडित थिइन् । उपचारका लागि पूर्वका धेरै अस्पताल धाएकी ५१ बर्षीया कुँवरले आयुर्वेदिक औषधि र जडीबुटीसमेत पटक–पटक खाइन् । निको भएन । समस्या झन्–झन् बढ्दै जाँदा दिनरात पीडा झेल्न बाध्य थिइन् ।

तर, अहिले नोबेल शिक्षण अस्पतालमा शल्यक्रिया पश्चात् रोग निको भएपछि बर्षौदेखिको पीडाबाट मुक्ति पाएको भन्दै उनले खुसी व्यक्त गरेकी छन् । ‘उपचारका लागि धेरै तिर गए, समस्या ज्युँका त्युँ रह्यो । नोबेलमा अप्रेसनपछि निको हुँदा धेरै सहज भएको छ’ उनले भनिन् । दिसा गर्दा वा बल प्रयोग गर्ने काम गर्दा दिसाघर पल्टिएर मलद्वाराबाट बाहिर निस्कन्थ्यो । समस्या बढ्दै गएपछि टुक्रुक्क बस्दासमेत दिसाघर निस्किएर जलनको जस्तो पीडा हुने गरेको उनले सुनाइन् ।

समस्या बढ्दै गएपछि उपचारका लागि उनीहरू पूर्वका विभिन्न अस्पताल पुगे । तर, डाक्टरले समस्याको सही पहिचान गर्न नसक्दा बर्षौदेखि रोग पालेर बस्नु परेको तारादेवीका श्रीमान् पदमबहादुरले गुनासो गरे । ‘डाक्टरले रोग पत्तो लगाउँँन नसक्दा धेरैतिर भौँतारिनु पर्‍यो ।’ उनले भने ‘अन्तिममा नोबेलमा रोग पहिचान भएर अप्रेसन गरेपछि ठिक भयो ।’

बिरामीलाई दिसाघर निस्किने समस्या भएता पनि अन्य अस्पतालमा पायल्सको शङ्का गरेर उपचार गरिएकाले निको नभएको नोबेल अस्पतालका शल्यचिकित्सक डा.रोहित प्रसाद यादवले बताए । उनका अनुसार अहिले ल्याप्रोस्कोपिक विधिबाट पेटमा प्वाल परी दिसाघर पल्टिने समस्याको शल्यक्रिया गरिएको छ । शल्यक्रिया पश्चात् निको भएपछि अस्पतालबाट डिस्चार्ज भएर उनी घर फर्किएकी छन् ।

प्रतिक्रिया दिनुहोस्