नेपालमा फेरि मौसममा पश्चिमी वायुको प्रभाव


काठमाडौँ, ६ माघ ।  नेपालमा फेरि मौसममा पश्चिमी वायुको प्रभाव देखिने भएको छ । पश्चिमी वायुको प्रभाव पर्ने भएकाले आज ( सोमवार ) देशभरकै आकाशमा बादल लागेर उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ र पानी पर्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

त्यस्तै तराईका भू–भागमा बिहानैदेखि लागेको कुहिरो सोमबार दिनभर हट्ने सम्भावना नरहेको विभागले जनाएको छ । अबको एक–दुई दिन देशका केही ठाउँमा सामान्य पानी र हिउँ पर्ने सम्भावना रहेको छ भने अरू ठाउँको मौसम पनि पूर्णरुपमा खुल्ने सम्भावना छैन । सोमबार बिहान पौने ६ बजेको काठमाडौँको तापक्रम १ दशमलव ५ डिग्री सेल्स्यिस मापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्