वर्ष २०२० को बेलबारी जेसिज अध्यक्षतामा राजेश : चौथो पदस्थपना सम्पन्न


बेलबारी, मोरङ /  बेलबारी जेसिजको चौथो पदस्थपना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । बेलबारी १ मा रहेको सांस्कृतिक सभाहलमा शुक्रवार एक कार्यक्रमको आयोजना गरी राजेश खत्रीको अध्यक्षतामा रहेको वर्ष २०२० को नयाँ समितिलाई पद हस्तान्तरण गरेको छ।

बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले पदस्थपना तथा पुरस्कार वितरण समारोहको उद्घाटन गरे। सो अवसरमा सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल, बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुली, नेपाल जेसिसका राष्ट्रिय आईपिपी कृष्ण सापकोटा, उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजेशजङ्ग कार्की, युवा जागरण अभियानका अध्यक्ष सुजित बस्नेत, महिला अधिकार मञ्च प्रदेश नं १ का अध्यक्ष सीता सुवेदी लगायतको उपस्थिति थियो ।

प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले युवाहरूको नेतृत्वदायी संस्था जेसिसकाे भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै महत्त्वपूर्ण भूमिकाको अपेक्षा पनि गरेका थिए । सुवेदीले आफू व्यक्तिगत तथा नगरको तर्फबाट पनि जेसिजलाई सहयोग गर्न तयार रहेको बताए ।

सो अवसरमा सुन्दरहरैंचा नगरपालिका प्रमुख शिवप्रसाद ढकाल, बेलबारी नगरपालिका उपप्रमुख ढाकाकुमारी पराजुली, नेपाल जेसिस राष्ट्रिय आईपिपी कृष्णप्रसाद सापकोटा लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

सो अवसरमा वर्षाेत्कृष्ठ कार्यक्रम संयाेक भुवन कार्की, उत्कृष्ट सदस्यको रूपमा निकेश प्रसाईँ, महिला सशक्तीकरणका लागि सुनिता तिवारी हुमागाई र दुईजना खेलाडीहरूलाई समेत पुरस्कृत गरिएको थियाेे ।

कार्यक्रममा धिमाल सहित अन्य जातिका विविध सांस्कृतिक प्रस्तुति समेत रहेका थिए । नव गठित समितिका अध्यक्षलाई निवर्तमान अध्यक्ष दीपेन्द्र खुलालले पद तथा चेन हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्