राई विद्यार्थीद्धारा सिकिम्मका पूर्वमुख्यमन्त्रीलाई मायाको चिनो


काठमाडौं, १ माघ । सिक्किमका पूर्वमुख्यमन्त्री तथा विधानसभा सदस्य पवन चाम्लिङलाई किरात राई विद्यार्थी संघले मायाको चिनो प्रदान गरेको छ ।

किरात राई यायोक्खाले किरात येले संवत ५०८० का अवसरमा काठमाडौंमा आयोजित नयाँ वर्षको शुभकामना तथा ‘यलम्बर स्मृति सम्मान’ कार्यक्रममा उनलाई संघले मायाको चिनो प्रदान गरेका हुन् ।

पूर्वमुख्यमन्त्री चाम्लिङलाई कार्यक्रममा संघको तर्फबाट केन्द्रीय अध्यक्ष जीतेन राईसहित पदाधिकारी टिमले संयुक्तरुपमा मायाको चिनो प्रदान गरे । मायाको चिनोमा सिन्काबाट बनाइएको पूर्वमुख्यमन्त्रीको तस्बिर दिएका थिए ।

संघका महासचिव रविन राईले पूर्वमुख्यमन्त्री चाम्लिङलाई मायाको चिनो प्रदान गर्न पाउँदा खुसी लागेको बताए । उनले भने,‘उहाँ नेपाल आउनु हुँदा सघंको तर्फबाट मायाको चिनो प्रदान गर्न पाउँदा खुसी लागेको छ । पहिले पनि उहाँ मुख्यमन्त्री रहनुभएको बेला संघको केन्द्रीय नेतृत्वले सिकिम्ममै पुगेर भेटघाट तथा संवाद गरेका थियौँ ।’

यस्तै महासचिव राईले पूर्वमुख्यमन्त्री चाम्लिङ विद्यार्थीहरुको लागि प्रेरणाको स्रोत भएको बताए । उनले भने, ‘किरात समुदायमा जन्मिएर २५ लामो समय सिकिम्मको मुख्यमन्त्री बन्नुभयो, उहाँको कार्यकालमा सिकिम्मको जीवनस्तर व्यापक सुधार गर्नुभयो, भारतकै अन्य राज्यसँग तुलना गर्दा पनि सबैभन्दा धेरै प्रतिव्यक्ति आयमा बृद्धि गर्नुभयो । हाम्रो समुदाय र  विद्यार्थीहरुको लागि उहाँ प्रेरणाको स्रोत हुन् ।’

यस्तै कार्यक्रममा उनलाई नेपालका प्रदेश नं।१ का मुख्यमन्त्री शेरधन राईले २ लाख २२ हजार २ सय २२ रुपैयाँ राशिको ‘यलम्बर स्मृति सम्मान’ पूर्वमुख्यमन्त्री चाम्लिङलाई प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्