युरोपेली लगानीबारे सरकारको २० निर्णय


काठमाडौँ, २ माघ ।  युरोपेली लगानी बैंकबाट प्राप्त हुने १२ अर्व ७६ करोड (१०० मिलियन युरो) ऋण सहायता स्वीकार्नेलगायतका विभिन्न २० निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।

बिहीबार नियमित पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बास्कोटा पुस २८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरू सार्वजनिक गरेको छ ।

मन्त्री गोकुल बास्कोटाले नेपाल र जनवादी गणतन्त्र चीनबिच फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी सन्धिलाई स्वीकृत गरी जानकारीका लागि सङ्घीय संसद्मा पेस गर्ने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्