घले समुदायले मनाए लि.लि फङ(घले) ल्होसार


सुन्दरहरैंचा, १ माघ । घले समुदायले लिःल फङ (घले समाज) मोरङ र सुनसरीको संयुक्त आयोजनामा ल्होसार मनाएका छन् । मोरङको सुन्दरहरैचामा लि.लि फङ (घले) ल्होसार–२०७६ को आयोजना गरी मनाएका हुन ।

कार्यक्रमको उद्घाटन बेलवारी नगरपालिकाका उप–प्रमुख ढाकाकुमारी पराजुलीले दीप प्रज्वलन गरेर भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै पराजुलीले बेलबारी नगर भित्र रहेको घले समुदायलाई आवश्यक सहयोग सधैँ रहने बताइन ।

कार्यक्रममा घले समुदायका महिला र पुरुषहरू सांस्कृतिक पोसाक उपस्थित थिए भने परम्परागत खाना पनि खानपिनका साथ शुभकामना आदान प्रदान गरेका छन् ।
लि.लि फङ (घले) ल्होसार–२०७६ मोरङका अध्यक्ष चन्द्र घलेको अध्यक्षतामा सम्पन्न भएको हो भने सचिव शर्मिला घलेले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्