सार्वजनिक बसभित्र हस्तमैथुन गर्ने रविन पक्राउ


काठमाडौँ ,२९ पुस । एक वर्षअघि सामाजिक सञ्जालमा भाइरल भएको ‘बसकाण्ड’मा संलग्नमा एक जना युवा पक्राउ परेको छ ।

पक्राउ पर्नेमा चितवन भरतपुर घर भई बानेश्वर बस्ने रविन सार्की भन्ने रविन रुचाललाई सोमबार साँझ चितवनबाट पक्राउ गरी काठमाडौँ ल्याइएको प्रहरीले बताएको छ ।

प्लस टुसम्म पढेको बताउने उनले सार्वजनिक बसभित्र हस्तमैथुन गर्दै अघिल्लो सिटमा बसेकी महिलाको कपालमा वीर्य पारेका थिए । त्यो भिडियो सामाजिक सञ्जाल तथा पोर्न साइटहरूमा समेत अपलोड भएको थियो ।

प्रहरीकाअनुसार रुचाल काठमाडौँमा रिक्सा चलाउनुको साथै सामाजिक सञ्जालमा विभिन्न ग्रुप बनाएर यस्तै अश्लील भिडियोहहरु अपलोड गर्ने र भ्यूअरको आधारमा पैसा कमाउने सोचले यो गरेका थियो ।

प्रतिक्रिया दिनुहोस्