कार दुर्घटनामा चर्चित गायक निशान भट्टराईको निधन


काठमाडौँ, २९ पुस । कार दुर्घटनामा चर्चित गायक निशान भट्टराईको निधन भएको छ । उपचारका दरबारमार्ग स्थित बानथाई रेस्टुरेन्टबाट निवास फर्कने क्रममा आफैँले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटनामा परेका गम्भीर घाइते उपचारको लागि ट्रमा सेन्टर लगिएको भट्टराईको त्यही निधन भएको हो ।

उपचारका लागि ट्रमा सेन्टर लगिएको भट्टराईलाई चिकित्सकले मृत घोषित गरेको सङ्गीतकार मिलन मोक्तानले जनाएका छन् ।

४० को दशकको अन्त्यतिर साङ्गीतिक उदाएका भट्टराई निकै चर्चित गायक हुन् । गजल गायकीबाट उनले श्रोताको मन जित्दै आएका थिए । स्टेजसँगै होटेल रेस्टुरेन्टहरूमा उनले गजल गाउँदै आइरहेका थिए । धरान स्थायी ठेगाना भएका भट्टराई गायिका लोचन भट्टराईका भाइ हुन् ।

प्रतिक्रिया दिनुहोस्