रुद्राक्ष र बुद्धचित्तसहित तीन जना पक्राउ


काठमाडौँ ,२८ पुस । मकवानपुरको मनहरी गाउँपालिका–७ मा चेकजाँच गर्ने क्रममा रुद्राक्ष र बुद्धचित्तको माला तथा दानासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको विहार बस्ने ३२ वर्षीय मुन्ना यादव, काभ्रे जिल्लाको साबिक तिमाल गाविस(२ का ४२ वर्षीय जगत लामा तामाङ र तेमाल(६ का ४८ वर्षीय सूर्यमान तामाङ रहेका छन्।

काठमाडौँबाट भारततर्फ जाँदै गरेको बीआर ०१ पिएच ४९४० नम्बरको जिपमा खोजतलास गर्दा १ हजार ७ सय ७० थान बुद्ध चित्तको माला, २५ किलो बुद्धचित्तको दाना र १ सय ४४ थान रुद्राक्षको माला बरामद भएको प्रहरीले बताएका छन् । यस यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्