लालभित्तीमा रमिते सामुदायिक वनद्वारा खुल्ला रक्तदान


बेलबारी, मोरङ / चिसोको मौसममा रगतको अभाव भइरहेको वेलामा बेलबारी – २ लालभित्तीमा रहेको रमिते सामुदायिक वनले आज खुल्ला रक्तदान कार्यक्रम सञ्चालन गरेको छ ।

देशैभर भइरहेको रगतको अभावलाई मध्यनजर गरेर पूर्व पश्चिम लोकमार्गसँग जोडिएको लालभित्ती चोकमा आयोजना गरिएको खुल्ला रक्तदानमा जम्मा ६० प्रिन्ट रगत जम्मा भएको रक्तदान कार्यक्रमका संयोजक राजु परियारले जानकारी दिएका छन् ।

पछिल्लो समय देखिएको रगतको अभावलाई कम गर्ने तथा नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्ने अभिप्रायका साथ आफूहरूले रक्तदानको आयोजना गरिएको रमिते सामुदायिक वनका अध्यक्ष प्रेम बान्तवा बताउँछन् ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धरानको प्राविधिक सहयोगमा बिहान ८ वजेदिखि ११ बजेसम्म सञ्चालन गरिएको उक्त खुल्ला रक्तदानमा जाडोको प्रवाहै नगरी मानिसहरू रगत दिन भेला भएका थिए ।

यसरी रगतको अभावको वेलामा गरिएको रक्तदान कार्यक्रमको विशेष महत्त्व रहेकोले आफूहरूलाई रगत दिन उत्साह थपिदिएको स्नीथानीयहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्