नगरको काममा अवरोध नगर्न कर्मचारीलाई पथरीशनिश्चरेका उपप्रमुखको निर्देशन


मोरङ ,२६ पुस  /  पथरीशनिश्चरे नगरपालिकाको उपप्रमुख यमुना विष्ट (बास्तोला)ले नगरमा शिक्षा, स्वास्थ्य, विकास निर्माण कार्यमा कडाइको साथ अनुगमन गर्दा गुनासो र बेलाबेला कर्मचारीहरूले दम्भ देखाएको आरोप लाग्ने गरेको बताएकी छन् । मोरङको पथरीशनिश्चरे स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको आज (शनिवार) आयोजित विशेष साधारण सभामा बोल्दै उपप्रमुख विष्टले सो कुरा बताएकी हुन् ।

केही दिन अघि करिब ८० वर्षको वृद्धलाई स्वास्थ्य स्थिति हेर्न नगर अस्पतालको डाक्टर घरमा लाने क्रममा स्वास्थ्य प्रमुख मुरारी आचार्यले घरघरमा स्वास्थ्यकर्मी पठाउन नहुने तर्क गर्दै उल्टै उपमेयरले दम्भ देखाएको केही सञ्चारकर्मी लाई समाचार लेखाएका थिए । पथरीशनिश्चरे नगरले ८० वर्ष माथिको वृद्धवृद्धाको स्वास्थ्य उपचारको लागि घरमै स्वास्थ्यकर्मीको व्यवस्था गर्ने निर्णय पास भएको उपमेयर विष्टको भनाइ छ ।

सोही अनुसार वडा नम्बर ३ को वृद्ध गोमादेवि गौतमलाई स्वास्थ्य स्थिति हेर्न डाक्टर पठाउने क्रममा स्वास्थ्य संयोजक मुरारी आचार्यले स्वास्थ्यकर्मी घरमा लान अवरोध गर्न खोजेका थिए । नगरको नीति अनुसार उपमेयर विष्टले ती वृद्धको घरैमा डाक्टर लगेर स्वास्थ्य स्थिति हेर्न लगाएकी थिइन ।

विष्टले बिरामी हेर्न स्वास्थ्यकर्मी बिरामीको घरमा लगेपछि स्वास्थ्य संयोजक मुरारी आचार्यले आफू निकटका सञ्चारकर्मी बोलाएर उपप्रमुखले दम्भ देखाएको आरोपसहित समाचार लेखाउन भ्याएका थिए । यद्यपि बिरामी गोमादेवि गौतमको शनिवार देहान्त भएको छ ।

उनै बिरामीको स्वास्थ्य स्थिति हेर्न पठाउन खोज्दा स्वास्थ्य कर्मी मुरारी आचार्यले अवरोधको प्रयास गरेको मेयरको भनाइ छ । सोही विषयलाई लक्षित गर्दै उपप्रमुख विष्टले राम्रा काम गर्दा कर्मचारीबाट वाधा अवरोध हुने गरेकोमा गुनासो गरेकी थिइन । कर्मचारी जनताको सेवक बनेर काम गर्न उपप्रमुखको निर्देशन थियो ।

‘कुकुर भुक्दै गर्छ, हात्ती हिँड्दै गर्छ’ उपप्रमुख विष्टले भनिन ‘२० वर्षदेखि नेपाल कर्मचारीले चलाएपनि अव भने आफ्नो कर्तव्य बुझ्नु पर्छ ।’ १४ वर्षदेखि एउटै निकायमा बस्नु पनि कानुन विपरीत भएकोले ख्याल गर्नुपर्ने बताए ।

नगरपालिकामा स्थापित नगर अस्पताल नगरपालिका, स्थानीयवासी र स्वास्थ्यमन्त्री भानुभक्त ढकालको पहलमा दुई जना एमबिबिएस डाक्टर र स्वास्थ्य उपचारको सामाग्री ल्याएकोमा एउटा कर्मचारीले मैले ल्याएको हुँ भन्नु हास्यास्पद हुने उनको भनाइ थियो ।

पथरीशनिश्चरे नगरको हरियाली सामुदायिक वन नेपालकै उत्कृष्ट पुरस्कार र नमुना बन्न सफल भएकोमा बधाई शुभकामना दिँदै थप प्रगतिको लागि शुभकामना दिएकी थिइन । वनको विकासको लागि नगरपालिका सहयोग गर्न तयार रहेको बताइन ।

सामुदायिक वनको अध्यक्ष काबुलबहादुर मगरको सभापतित्वमा भएको विशेष साधारण सभामा ३ नम्बर वडाका अध्यक्ष डम्बर बहादुर चेम्जोङ, सञ्चारकर्मी अर्जुन जम्नेली राई, वन विज्ञ विष्णुप्रसाद ज्ञवाली लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा पथरी सव डिभिजन वन कार्यालयका प्रमुख महोमद अलाउदिन, पशुपति सामुदायिक वन उपभोक्ता समूहको सचिव मैना आचार्य लगायत सहभागिता रहेको थियो ।

सामुदायिक वनको विशेष साधारण सभाले हरियाली सामुदायिक वन लिमिटेड कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गरेर पर्यटन विकासमा लाग्ने निर्णय भएको छ । जसको लागि वनको पूर्व अध्यक्ष देवीप्रसाद भेटवाल अध्यक्ष, सचिव रमेश दाहाल, सदस्यहरूमा रिता गिरी, सुमित्रा थाङ्देन, अशोक साम्पाङ राई, रोहित बास्तोलाको ६ सदस्यीय समिति गठन भएको छ ।

प्रतिक्रिया दिनुहोस्