चितवन राष्ट्रिय निकुञ्जमा पोथी गैँडा मृत्यु


चितवन ,२६ पुस ।  चितवन राष्ट्रिय निकुञ्जको घडगाई पोस्ट नजिक पोथी गैँडा मृत भेटिएको छ ।

अन्दाजी २० वर्षको गैँडा एक्जाभेटर लगाएर गैँडा बाहिर निकालिएको छ । गैँडाको खाग र खुरहरू सुरक्षित छन् भाले गैँडाले लखेटेर भाग्न खोज्दा गैँडा दलदलमा भासिएको हुनसक्ने सहायक संरक्षण अधिकृत रमेश यादवले बताएका छन् । जाडोयाम गैँडा प्रजननको समयका रूपमा लिइन्छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार चालु आर्थिक वर्षमा योसहित ७ वटा गैँडा मरेका छन् । वर्ष ४३ गैँडा मरेका बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्