५ महिनामा बेलबारी प्रहरीद्वारा रु.१ करोड ६५ लाख राजश्व सङ्कलन


बेलबारी, मोरङ /  इलाका प्रहरी कार्यालय बेलबारीले पाँच महिनाको अवधिमा विभिन्न शीर्षकमा १ करोड ६५ लाख भन्दा बढी राजश्व सङ्कलन गरेको छ ।

प्रहरीले आज सुन्दरहरैँचा नगरपालिकाको हसिना सभाहलमा प्रहरी समुदायसँग अन्तर्गत एक कार्यक्रम गरी यो तथ्याङ्क सार्वजनिक गरेको हो ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी प्रमुख प्रहरी निरीक्षक गुणराज बुढाथोकीले पाच वर्ष यताकै बढी राजश्व सङ्कलन गरेको दाबी समेत गरेका छन् ।

प्रहरीले प्रत्येक महिनामा जनप्रतिनिधि साथै अन्य सामाजिक सङ्घ संस्थासँग पालिकास्तरीय प्रहरी समुदाय साझेदारी कार्यक्रम गर्दै आइरहेको छ ।

उनले पछिल्लो समय मोबाइल र मोटरबाइक चोरीको घटना बढ्दै गएका कारण जिल्ला प्रहरी कार्यालय मोरङले अप्रेसन ट्रयाप अभियान सञ्चालन गरी मोबाइल र मोटरसाइकल चोरी गर्ने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन सफल भएको कार्यक्रममा बताएका थिए ।

कार्यक्रममा उपस्थित भएका अधिकांश व्यक्तिहरूले प्रहरीले विभिन्न घटनामा प्रहरीबाट भएका कमीकमजोरीको बारेमा बताउँदै प्रहरीले टोल टोलमा प्रहरी समुदाय सँग कार्यक्रम चलाउनु पर्ने, प्रहरी हुने खाने र धनी वर्गको लागि मात्र नभएको सबैका लागि हो भन्ने भावनाकासाथ काम गर्नु पर्ने बताएका थिए ।

कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकालले यस नगरको शान्ति सुरक्षा प्रहरीले व्यवस्थित तरिका बाट गरेको बताउँदै प्रहरीको प्रशंसा गरेका थिए ।उनले प्रहरीले दिएको राजश्व तथ्याङ्क हेर्दै अहिले सम्मकै अत्यन्तै उपलब्धि मूलक रहेको बताएका थिए ।

उनले आपराधिक घटनाहरूको विषयमा सुन्दरहरैचा शान्ति क्षेत्र रहे पनि अहिले चोरीको घटनाहरू दिनप्रतिदिन बढ्दै गएको बताउँदै प्रहरीको ध्यानाकर्षण गराएका थिए । उनले पछिल्लो समय इलाका प्रहरी कार्यालय बेलबारीमा प्रोफेसनल प्रहरीको उपस्थिते पनि यस क्षेत्रको शान्ति सुरक्षा मजबुत रहेकोमा खुसी व्यक्त गरे ।

सो अवसरमा सुन्दरहरैंचा नगरपालिकाका उपप्रमुख धनमाया तामाङ, प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल नगरकार्यपालिका सदस्यहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्