हिन्दु धर्मावलम्बीको श्री स्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा सुरु


काठमाडौँ,२५ पुस । पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दु धर्मावलम्बीको श्री स्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आज बाट सुरु भएको छ ।

पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । आजैबाट काठमाडौँको शालीनदीमा पुस २५ गतेदेखि १ महिनासम्म चल्ने शालीनदी मेलाका लागि यातायात, सुरक्षा र स्वास्थ्यलगायतका विषयमा सम्पूर्ण तयारी पूरा भइसकेको मूल आयोजक समितिले बताएको छ ।

मेलामा राखिएका विभिन्न पसलबाट पसलले जथाभाबी रूपमा पैसा लिने गरेकाले समितिले यस वर्ष समिति तथा उपसमिति बनाएर बजार व्यवस्थापनको अनुगमन गर्ने भएकोले मेलाका लागि सम्पूर्ण व्यवस्थापनको तयारी पूरा भएको आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्