मन्त्रिपरिषद्को बैठकले गर्‍यो १४ निर्णयहरू (निर्णयसहित)


काठमाडौँ, २४ पुस । मन्त्रिपरिषद्को बैठकले बिहीबार धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तिदेखि सत्य निरूपणको विवाद समाधानसहित विभिन्न १४ निर्णयहरू गरेको छ ।
सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले मन्त्रालयमा पत्रकार सम्मेलन गरी विभिन्न निर्णयहरू गरेको बताएका छन् ।

मन्त्रिपरिषद्को बैठकबाट पानीजहाज दर्ता, सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकृत गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिनुका साथै महाकाली सिँचाइ आयोजनाको नहल निर्माणका लागि बन प्रयोग गर्न स्वीकृतिलगायतका १४ निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार द्विपक्षीय र बहुपक्षीय लगानी सम्झौताको कार्यान्वयनमा सिर्जना भएका वा हुने विवादहरूको निरूपण गर्नका लागि अर्थ मन्त्रालयका सचिवको संयोजकत्वमा ८ सदस्सीय आवश्यक तयारी संयन्त्र गठन गरिएको छ । यस्तै धितोपत्र बोर्डको अध्यक्षमा भीष्मराज ढुङ्गानालाई नियुक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्