नक्कली नोट बनाइ कारोबार गर्ने चार जना पक्राउ


काठमाडौँ ,२४ पुस । काठमाडौँ र काभ्रेका विभिन्न ठाउँबाट ४ जनासहित ४ लाख १३ हजार नक्कली नोट बनाइ कारोबार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यानका कमल भनिने कोवाराम बुढाथोकी, काभ्रेका बलबहादुर राना, डोटीका आर्यान खड्का र धनकुटाका छत्रबहादुर लिम्बु रहेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरेका बुढाथोकीबाट २ लाख ९८ हजार, बलबहादुरबाट ९० हजार नक्कली नोट र रंगिन फोटोकपी मेसिन, एउटा पेपरमा ४ वटा नोट अटाएर फोटोकपी गरेका ३५ थान पेपर बरामद गरेको छ । खड्काबाट २५ हजार नक्कली नोट बरामद भएको छ । लिम्बुबाट भने नोट बरामद भएको छैन ।

नक्कली नोट बनाउने मुख्य योजनाकार खड्का हुने भने नोट बनाउने बलबहादुर हुन् । बुढाथोकी र लिम्बुले नोट बजारमा पुर्‍याउने काम गर्ने गरेको सीआईबीले बताएका छन् । पक्राउ परेका चारै जनालाई मुद्रा सम्बन्धी कसुरअन्तर्गत अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) बेलबहादुर पाण्डेले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्